बालुवाटारमा त्रिपक्षीय वार्ता : जेन-जीका प्रतिनिधिहरुले बोल्नेक्रम सकियो
- बालुटारमा जारी त्रिपक्षीय वार्तामा कार्कीले भनिन् - 'मुलुक हाम्रो हो । हामीले नै बनाउने हो । हामीले नबनाए कसैले बनाइदिँदैन'
काठमाडौँ —प्रधानमन्त्री सुशीला कार्कीले दल र जेन-जी प्रतिनिधिहरुसँग एकपटकको कुराकानी नभएर बारम्बार कुराकानी हुने भन्दै आफूहरुले संवादको सुरुआत गरेको बताएकी छन्
बालुटारमा जारी त्रिपक्षीय वार्तामा कार्कीले भनिन् - 'मुलुक हाम्रो हो । हामीले नै बनाउने हो । हामीले नबनाए कसैले बनाइदिँदैन ।'
वार्तामा जेन-जीका प्रतिनिधिहरुले बोल्नेक्रम सकिएपछि प्रधानमन्त्री कार्कीले धारणा राखेकी हुन् ।
वार्तामा जेन–जी अगुवामा मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, समना लावती, सागर ढकाल, खेमराज साउद, उपार्जुन चाम्लिङ छन् ।
Advertisementत्यस्तै, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमित खनाल र रिजन राना मगर छन् । दलहरुका तर्फबाट नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रकाशशरण महत, माओवादीबाट वर्षामान पुन सहभागी छन् ।
Advertisementत्यस्तै, एमालेबाट महेश बर्तौला र क्षितिज थेबे सहभागी छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट स्वर्णिम वाग्ले र निशा डाँगी सहभागी छन् ।
सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन र सञ्चारमन्त्री जगदीश खरेल उपस्थित छन् ।




