त्रिभुवन विमानस्थलमा एकै महिनामा ८.५ लाख यात्रु, १२ हजारभन्दा बढी उडान
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार सन् २०२४ को नोभेम्बर महिनामा विमानस्थलबाट ८ लाख ५१ हजार २५ यात्रु आवागमन भएको छ। यो अवधिमा १२ हजार ५२५ उडान र अवतरण सम्पन्न भएका छन्।
तथ्यांकले देखाएअनुसार नोभेम्बर महिनामा अन्तर्राष्ट्रिय उडानतर्फ ४ लाख २९ हजार ८४७ यात्रु आवागमन भएको छ। यसमा २ हजार ६४८ उडानमार्फत १ लाख ९९ हजार ४९५ यात्रु नेपाल भित्रिएका छन् भने २ लाख २९ हजार ७६३ यात्रु नेपालबाट बाहिरिएका छन्।
आन्तरिकतर्फ ४ हजार ९३३ अवतरण र ४ हजार ९४४ उडानमार्फत ४ लाख २ हजार १७८ यात्रुको आवागमन भएको छ। यसमा २ लाख १९ हजार ४३० यात्रु नेपालभित्र आएका छन् भने २ लाख १ हजार ७४८ यात्रु बाहिरिएका छन्।
त्रिभुवन विमानस्थलले एकै महिनामा गरेको यो सेवा आपूर्ति नागरिक उड्डयन क्षेत्रको विस्तार र यात्रुको चापलाई परिलक्षित गर्दछ।

