डिजेल र पेट्रोलको मूल्य बढ्यो

DailyNews07
0

 

डिजेल र पेट्रोलको मूल्य बढ्यो















काठमाडौँ —नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले शनिबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो ।



निगमले हवाई इन्धनको मूल्य भने घटाएको छ । हवाई इन्धन (आन्तरिक)तर्फ प्रतिलिर रु ३ र अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर २२ ले घटाइएको निगमले जनाएको छ । मूल्य बढेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा डिजेल र मट्टितेल क्रमशः प्रतिलिटर १ सय ४० रुपैयाँ ५० पैसा, १ सय ४२ रुपैयाँ र १ सय ४३ रुपैयाँ तथा पेट्रोल क्रमशः प्रतिलिटर १ सय ५६ रुपैयाँ ५० पैसा, १ सय ५८ रुपैयाँ र १ सय ५९ रुपैयाँ तोकिएको छ ।

आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर १ सय १८ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रियतर्फको हवाई इन्धन प्रतिकिलोलिटर काठमाडौँमा अमेरिकी डलर ९ सय १, पोखरामा ७ सय २१ र भैरहवामा ७ सय ६ तोकेको छ ।


इन्डियन आयल कर्पोरेसशनबाट शनिबार प्राप्त नयाँ मूल्यसूचीअनुसार डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढेर तथा हवाई इन्धनको नयाँ खरिद मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।



Post a Comment

0Comments

Post a Comment (0)

#buttons=(Ok, Go it!) #days=(20)

Our website uses cookies to enhance your experience Check Now
Ok, Go it!