राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने हाल काठमाडौं जिल्ला प्रहरी परिसरको हिरासतमा छन्। उनीमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको आरोपमा अनुसन्धान भइरहेको छ। यसअघि कास्कीमा सूर्यदर्शन सहकारीसँग सम्बन्धित बयान सकेपछि उनलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको हो।
प्रहरीले लामिछानेको नाममा सहकारीबाट लिएको ऋण नफिर्ता भएको प्रमाण फेला पारेको छ। हिरासतमा रहेका लामिछानेले अनुसन्धान प्रक्रियालाई छिटो टुंग्याउन आग्रह गरेका छन्।
यस प्रकरणमा लामिछानेसहित अन्य व्यक्तिहरूविरुद्ध ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।